आज १६७४ जनामा कोरोना संक्रमण, उपत्यकामा ८९९

आज नेपालमा १६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८९९ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६८५, ललितपुरका १६५ र भक्तपुरका ४९ जना छन् ।

हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या१ लाख ९३ हजार ३२५ रहेको छ। देशभर २४ हजार ९ संक्रिय संक्रमित छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या १३०५ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments