काठमाडौं उपत्यकामा २४०२ जनामा कोरोना संक्रमण

आज नेपालमा ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १ लाख २६ हजार १३७  पुगेको छ। हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८८ हजार ४०  रहेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २४०२  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १७८४, ललितपुरमा ३७४  र भक्तपुरमा २४४ गरी २४०२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा मात्र ३५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या  ३७,३८२ रहेको छ। थप मृतक २१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments