यी हुन खतरनाख ह्याण्ड स्यानिटाइजर

कोरोना भाईरसबाट बच्न अनिवार्य ह्याण्ड स्यानिटाइजर प्रयोग गर्न आह्वान भएसँगै बजारमा कम गुणस्तरका स्यानिटाइजर उत्पादन र विक्री बढेको छ ।

सरकारले कम गुणस्तर र स्वास्थ्यलाई हानी पुर्‍याउने रसायन प्रयोग भएका केहि स्यानिटाइजर उत्पादकहरुलाई पक्राउ गरे पनि अहिले पनि लुकिछिपी यस्ता कम गुणस्तरका स्वास्थ्यलाई प्रत्यक्ष असर पुर्‍याउने ह्याण्ड स्यानिटाइजर उत्पादन र विक्री रोकिएको छैन ।

यसैबीच बजारमा प्रयोग हुँदै आएका थप नौ प्रकारका ह्यण्न्ड स्यानिटाइजरमा स्वास्थ्यलाई असर गर्ने रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न औषधि विभागले सर्वसाधरण नागरिकलाई आग्रह गरेको छ ।

बिक्री-वितरणका लागि राखिएका विभिन्न कम्पनीका ह्याण्ड स्यानिटाइजरको परीक्षणका क्रममा नौ प्रकारका स्यानिटाइजरमा रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न विभागले सूचनामार्फत आग्रह गरेको छ ।

यी हुन स्वास्थ्यका लागि घातक ठहर गरिएका उद्योगका स्यानिटाइर
1.ओम आरोग्य हेल्थ केयर प्राइभेट लिमिटेड इमाडोल ललितपुर
2. कुमकुम हर्बल इन्ड्रस्टिज प्राइभेट लिमिटेड बनेपा काभ्रेका दुई ह्याण्ड स्यानिटाइजर
3. साधना सप्लायर्स काठमाण्डौ
4. भारतको हर्बल ट्री ह्याण्ड रब
5. पर्साको आर केमिकल एण्ड प्याकेजिङद्वारा उत्पादित कुम र क्लिन ह्याण्ड स्यानिटाइजर
6. कालिका सोप एण्ड केमिकल प्राइभेट लिमिटेड काठमाडौंले उत्पादन गरेका दुई ह्याण्ड स्यानिटाइजर प्रयोग नगर्न भनेको छ ।
यी उद्योगहरुले उत्पादन गरेका ९ प्रकारका ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न विभागले आग्रह गरेको छ ।

कम गुणस्तरको ह्याण्ड स्यानिटाइजरले वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा रहने डाक्टरले बताउने गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments