काठमाडौं उपत्यकामा १४०३ जनामा कोरोना संक्रमण

आज नेपालमा २६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ।  हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ रहेको छ।

काठमाडौं उपत्यकामा थप १४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा  ९९६, , ललितपुरमा ३०५ ,भक्तपुरमा ३०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा मात्र  २१७४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या ३६,३६७  रहेको छ। थप मृतक १२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट  मृत्यु हुनेको संख्या ६७५ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments