आज १७९० जनामा कोरोना संक्रमण, उपत्यकामा ९४७

आज नेपालमा  १७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या २ लाख २४ हजार ७८ पुगेको छ।

काठमाडौं उपत्यकामा ९४७ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६९२ जना, ललितपुरका १९० र भक्तपुरका ६५ जना छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २७९१ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २ लाख ४ हजार ८ सय  ५८   रहेको छ। थप २४  जनाको मृत्यु भएको छ। ।कोरोनाबाट मृत्यु हुनेको संख्या १३६१ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments