डा.गोविन्द केसी अस्पतालबाट डिस्चार्ज
डा.गोविन्द केसी डिस्चार्ज भएका छन्। अनसन तोडेको १० दिनपछि पछि उनी डिस्चार्ज भएका हुन्।
मंगलबार दिउँसो डा केसीलाई अस्पतालबाट डिस्चार्ज गरिएको डा केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका हुन्। अनसन तोडिएपछि उनलाई त्रिवि शिक्षण अस्तपालको आइसियूमा भर्ना गरिएको थियो।
असोज २५ गते सरकारसँग ८ बुँदे सम्झौता भएपछि डा गोविन्द केसीले २८औं दिनमा आज अनशन तोडेका थिए। शिक्षण अस्पतालका सरसफाई सहयोगी ४६ वर्षका विकास नेपालीबाट जुस खाएर उनले अनशन तोडेका हुन्।
सहमति डा केसीका ६ बुँदे मागका ६ वटा सहमति छन्। ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनशन तोड्ने विषय उल्लेख छ।
असोज २४ गते राती नै सरकारी पक्ष र डा केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भए पनि उनले २५ गतेमात्र अनसन तोडेका थिए। उनले गत भदौ २९ गते जुम्लाबाट अनशन थालेका थिए।