कुलमान घिसिङको विद्युत प्राधिकरणबाट बिदाई
४ वर्षे कार्यकाल पूरा गरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आज विदाइ गरिएको छ। प्राधिकरणमा कार्यरत कर्मचारीले एक कार्यक्रमको आयोजना गरी आज उनलाई विदाइ गरेका हुन् । उक्त कार्यक्रममा निर्वतमान कार्यकारी निर्देशक घिसिङले नेतृत्वमा आउने र जाने एउटा समान्य प्रक्रिया भएको बताउँदै प्राधिकरणमा कार्यरत टिमको सहयोगले नै आफूले राम्रो काम गर्न सकेकोमा सबैलाई धन्यवाद समेत दिनुभयो ।

कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिएर बिदाई गरिए पनि अब प्राधिकरणमा प्रमुखका रुपमा कसलाई नियुक्ति दिने भन्ने सरकारले टुंगो लगाइ सकेको छैन । २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए। मंगलबार प्राधिकरणका कर्मचारीहरूले घिसिङलाई बिदाइ गर्दै अबको १५ दिनमा फेरि कार्यकारी निर्देशकका रूपमा स्वागत गर्न पाइने आशा व्यक्त गरेका छन।

