नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

४ वर्षे कार्यकाल पूरा गरी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ बाहिरिएसँगै निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन्। उर्जामन्त्री वर्षमान पुनले कोइरालालाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका हुन् ।

घिसिङलाई ऊर्जामन्त्री पुनले सोमबारको मन्त्रिपरिषद बैठकमा अर्को कार्यकालका लागि नियुक्तिको प्रस्ताव लैजाने भनिए पनि बैठकमा कुलमानको नाम गएको थिएन।

कोइराला नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक १२ औं तहमा नै कार्यरत कर्मचारी हुन। वरिष्ठताका आधारमा नै कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिईएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments