आज थप १२४६ जनामा कोरोना संक्रमण,उपत्यकामा थप ५७२

आज नेपालमा  १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५० हजार ४६५  पुगेको छ  ।

काठमाडौं उपत्यकाकामा थप  ५७२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४९५, ललितपुरमा  ४३, भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय  कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । हालसम्म निको हुनेको संख्या ३५ हजार ७ सय पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments