यही स्तरमा संक्रमण बढे काठमाडौंको अस्पतालले भार थाम्न सक्दैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा संक्रमितहरूको व्यवस्थापन गर्न थप चुनौती देखिएको जानकारी गराएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय काठमाडौं उपत्यकाका अस्पतालहरूमा बेडको अभाव हुँदै गएको जनाएको छ।

डा. गौतमले संक्रमितको उपचार सरकारी र निजी दुवै अस्पतालहरूले गर्न आवश्यक रहेको बताए।उनले यही स्तरमा संक्रमण दर बढिरहे उपत्यकाका अस्पतालहरूले भार थाम्न नसक्ने पनि जनाए।
मानिसहरूले जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा संक्रमण दर बढिरहेको भन्दै मन्त्रालयले दोष देखाउँदै आएको छ।

उनले पछिल्लो समय चाडपर्व नजिकिँदै गर्दा बजारमा मानिसहरूको भीड देख्दा संक्रमणको बेवास्ता गरिएको जस्तो देखिएको भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरे।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments