आज २०५९ जना संक्रमित, संक्रमितको संख्या १ लाख नाघ्यो

आज नेपालमा एकैदिन २०५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १ लाख ६७६ पुगेको छ। हालसम्म निको हुनेको संख्या  ७३,०२३  पुगेको छ।

काठमाडौं उपत्यकाकामा थप  १४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा  १११६ , ललितपुरमा १६३ ,भक्तपुरमा १३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर हाल सक्रिय संक्रमितको संख्या  २७,०५३  रहेको छ। पछिल्लो २४ घण्टामा मृतक १० जनामा कोरोना पुष्टि भएको छ। मृत्यु हुनेको संख्या ६०० पुगेको छ। 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments