हालको प्रदूषणले आँखाको क्यान्सर हुन सक्ने
काठमाडौँ उपत्यकालगायत देशभरको वायुमण्डलमा प्रदूषण बढेपछि सरकारले घरबाट बाहिर ननिस्कन आग्रह गरको छ । वायु प्रदूषणले स्वास्थ्यमा असर पार्ने भन्दै सरकारले सोमबारदेखि ४ दिनसम्म विद्यालयहरू बन्द गर्न निर्देशन दिइसकेको छ । काठमाडौँ उपत्यकाको वायु प्रदूषणको तह उच्च हुँदा आँखामा धेरै खालका समस्या देखापर्न सक्ने नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डाक्टर कमल खड्का बताउँछन् ।
वायु प्रदूषणले आँखामा गम्भीर खालका समस्या पुर्याउने डा. खड्का बताउँछन् । प्रदूषित हावामा आँखाको ख्याल नगरे मोतियाविन्दु, आँखाको क्यान्सरसमेत हुन सक्ने उनको भनाइ छ ।
काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणले आँखा रातो हुने,आँखा धमिलो हुने,आँखा चिलाउने,आँखामा घाउ हुने,लामो समयसम्म आँखा चिम्म गरेर बस्न मन लाग्ने
आँखा पोल्ने आदि अल्पकालिन समस्या हुन सक्ने ,आँखाको दृश्यशक्तिमा ह्रास आउने , मोतियाविन्दू हुने र आँखामा क्यान्सरसमेत भइ दीर्घकालीन समस्या हुन पनि सक्ने डा.खड्काका ले बताए ।