जनताको ज्यान जोगाउन अरू सबै खर्च रोकेहुन्छ: डा.बाबुराम भट्टराई
पुर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनापीडितलाई निशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको बताएका छन्। सामाजिक संजालमा धारणा राख्दै डा. भट्टराईले यस्तो बताएका हुन्।
ट्वीटरमा उनले लेखेका छन्, ‘कोरोनापीडितलाई निशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो।यसले महामारी झन् विकराल बन्नेछ!यो पैसाको अभावले हैन;जनताको ज्यान जोगाउन अरू सबै खर्च रोकेहुन्छ;भ्रष्टाचार/फजुलखर्च रोके पुग्छ।अस्पतालमा धनीले दिनचाहे दानपात्र राखौं;तर सबैलाई निशुल्क गरौं!’
जनताको ज्यान जोगाउनका लागि अरु सबै भ्रष्टाचार र फजुल खर्च रोक्नुपर्ने उनको भनाई छ।
बरु धनीले दान गर्न चाहेमा अस्पतालमा दानपात्र राखेर पैसा संकलन गर्न सकिने उनको सुझाव छ। सबै जनताको उपचार निशुल्क गर्न उनले आग्रह गरेका छन्।
कोरोना भाइरसको उपचार निःशुल्क नगर्ने सरकारको निर्णयले महामारीको रूप लिइसकेको कोरोना संक्रमण झनै विकराल बन्ने उनको भनाई छ।
