बैवाहिक वर्षगाँठ कै दिन रामकुमारी झाँक्री पक्राउ
काठमाडौ : नेकपा केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरेको छ ।

उनलाई शंखमूल निवासबाट नै प्रहरीले पक्राउ गरेको छ । उनको आजै बैबाहिक बर्षगाँठ थियो । छोरा अनलाईन क्लास लिइरहेका थिए । पति पशुपति पुरी उनीहरुको बैबाहिक बर्षगाँठका लागि शुभकाना दिइरहेका थिए । संयोगपनि कस्तो ८ वर्षे छोरा आरव अनलाईन क्लास छोडेर ममी बाबालाई शुभकाना दिइरहेका थिए । तर बैबाहिक बर्षगाँठ मनाउँने योजना चकनाचुर भयो ।

उनी पक्राउ परिन् । भौतिक तथा पूर्वाधार मन्त्रालयमा उपसचिव रहेका पति पशुपति र झाँक्रीको ११ वर्षअघि विवाह भएको थियो। आज जुन दिन झाँक्रीलाई राज्यविरूद्धको कसुरअन्तर्गत पक्राउ गरियो, संयोगले यो उनीहरूको एनिभर्सरीको दिन हो। आज हाम्रो एनिभर्सरी हो। एघार वर्षअघि आजैको दिन हाम्रो बिहे भएको थियो, पशुपतिले जानकारी दिए।