आज २९०९ जनामा कोरोना संक्रमण, उपत्यकामा १३३८जना

आज नेपालमा  २९०९   जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या    १ लाख ८८ हजार ८८३  पुगेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौका १०३० जना, ललितपुरका १८७र भक्तपुरका १२१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा मात्र ४५०० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या१ लाख ५२ हजार ९०८ रहेको छ।

थप मृतक १८   जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या १०७० पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments