बेल्बासेले नेपालमै पहिलो पटक ‘थ्रिडी सिनेमा’को प्रयोग ‘आर्किटेक डिजाइन’मा गरे
बुटवल : कपिलवस्तुका एक सिभिल इन्जिनियरिङ अध्यनरत विधार्थी ‘विजय बेल्बासे’ले नेपालमै पहिलोपटक ‘थ्रिडी आर्किटेक डिजाइन’मा ‘थ्रिडी सिनेमा’को जस्तै प्रयोग गरेका छन् । लुम्बिनी इन्जिनियरिङ कलेज रुपन्देहीमा बी.ई. (सिभिल इन्जिनियर)मा अध्यनरत विजय बेल्बासेले यस्तो प्रकृतिको अवधारणा नेपालमा पहिलो पटक ल्याएका हुन् ।

बुटवल मिलनचोकमा क्रियटिभ इन्जिनियरिङ सोलुसन्स सञ्चालन गर्दै आएका बेल्बासेले न्यु स्किल एकेडमी अमेरिकाबाट आर्किटेकको अनलाईन मार्फत छोटो अवधिका कोर्षहरु समेत पुरा गरेका छन् । बेल्बासेका अनुसार प्रोजेक्टरको माध्यमबाट थ्रिडी डिजाईनमा थ्रिडी ग्लास लगाएर हेर्दा थ्रिडी सिनेमा जस्तै घर, भवन वा संरचनाभित्र नै बसेर हेरे जस्तो, आफु नै घर, भवन वा संरचनाभित्र नै बसेको अनुभव गर्न सकिने बताउँछन् ।

फर्मले थ्रिडी डिजाईनमा थ्रिडी ग्लास लगाएर प्रोजेक्टरको माध्यमबाट डिजाईन हेर्दा आफै सोही संरचनामा नै बसे जस्तो, सोही स्थानमा नै गएजस्तो अनुभुति हुने गरी डिजाईन अगाडि बढाएको अनि यसअघि नेपालमा यस्तो प्रकृतिको आर्कीटेक्ट डिजाइन नभएको वेल्वासेले दाबी गरेका छन् ।
ब्युल्ड संसार नेपाल नामको सामाजिक सञ्जालमा बेल्बासेले आफ्नो थ्रिडी डिजाइन प्रस्तुत गर्दै आएका छन् । यो प्रविधिलाई खासगरी ठुला–ठुला हाउजिङ्ग, सपिङ्ग कम्लेक्सदेखि लिएर सामान्य घरहरुमा पनि प्रयोग गर्न सकिने उनको भनाइ छ । यो परियोजनालाई निरन्तरता दिँदै अझ बढि परिस्कृत रुपमा अगाडि बढाउने योजना इन्जिनियर बेल्बासेको रहेको छ ।
सन् २०१८ मा आएको ‘रोवर्ट २.०’ नामको चलचित्र हेरेपछि आएको अवधारणालाई आर्किटेकमा पनि प्रयोग गर्न सकिन्छ भन्ने सोच अनुसार यस्तो डिजाइनिङ सुरु गरिएको हो । यो अवधारणाको यसको डेमोको तयारी भईसकेको र छिटो भन्दा छिटो डेमो लिएर केही समय भित्र नै पत्रकार सम्मेलन गरी जानकारी गराउने बेल्बासेले बताए ।