आज नेपालमा ११७० जनामा कोरोना संक्रमण,उपत्यकाकामा थप ५१२

आज नेपालमा ११७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या ५५ हजार ३२९ पुगेको छ ।

काठमाडौं उपत्यकाकामा थप  ५१२  जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । काठमाडौंमा  ४४० , ललितपुरमा २९, भक्तपुरमा ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ६१ वर्षीया महिला, ६२, ७०, ७३, ७७, ८५ वर्षीय पुरुष, ललितपुरका ५५ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको मृत्यु भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments