नवनिर्वाचित मेयर बालेन साह भन्छन् काठमाडौं महानगरलाई एउटा परिवार हो

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहले काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । काठमाडौंको उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भइन्। उनले ६८ हजार ६१२ मत पाएकी छन्।

काठमाडौंको स्वतन्त्र मेयर बनेर इतिहास रचेपछि पहिलो सम्बोधन गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं’, उनले भने ।

नवनिर्वाचित मेयर बालेनले काठमाडौं महानगरलाई नै एउटा परिवारको रूपमा लिएको उल्लेख गरेका छन् ।उनले थप भने, ‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ। सधै परिवार नै थियो र परिवारनै रहनेछ ।’

फरक पृष्ठभूमिका दुई युवाले महानगर नेतृत्व पाएपछि महानगरबासीमा मात्र होइन देशभर उत्साह देखिन्छ। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार वालेन्द्रले ६१ हजार ७६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत पाएकी छन्। बालेन्द्र र सिर्जनाको मतान्तर २३ हजार ४२६ रहेको छ।

आफ्नो जितलाई सुरुवातको रुपमा लिएको बालेनको भनाइ छ । उनले विजय भन्दा पनि सहकार्यको सुरुवातको रुपमा यसलाई लिएको र भिजन र एजेण्डासहित पाँच वर्षकाम गर्ने उल्लेख गरेका छन् ।

‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूआत हुनेछ’, वालेनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments