ने.क.पा स्थायी समितीको बैठक आज बस्दै
पार्टीभित्रको विवादका कारण साउन १३ गतेखि बस्न नसकेको नेकपा स्थायी कमिटी बैठक आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजेदेखि बस्ने बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्ताव पेश हुदैछ।

दुई अध्यक्षले तयार पारेको राजनीतिक प्रस्तावमा प्रधानमन्त्री ओली प्रतिनिधि सभाको कार्यकाल भरी प्रधानमन्त्री हुने,अर्का अध्यक्ष प्रचण्डले पार्टीको काम गर्ने,पार्टी एकताको काम एक महिनाभित्र सक्ने,महाधिवेशन चैत २५ देखि ३० गतेसम्म गर्ने रहेको छ।

त्यस्तै मापदण्ड बनाएर संघीय र प्रदेश मन्त्रिमण्डल पुनर्गठन गर्ने, सीमा समस्या सुल्झाउन कुटनीतिक संवाद गर्ने,शान्ति प्रक्रियाका बाँकी काम १ वर्षभित्र सक्ने,एमसीसी परियोजनाको सम्झौता परिमार्जनसहित पारित गर्ने,कोभिड-१९ महामारीको रोकथाम,नियन्त्रण,उपचार र आर्थिक पुनरुत्थान गर्ने लगायत रहेका छन । कोरोना महामारी को कारण ले गर्दा माथिल्लो तहका नेता हरु बैठक धेरै नलम्बाउने पक्षमा रहेको पार्टी श्रोतले बताएको छ।