कोरोना झन झन बढ्दै , आज मात्रै ८,६५९ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० रहेको छ । बुधबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । जसमध्ये ४७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १,९९३ रहेको छ । हालसम्म देशभर २ लाख ८९ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् ।

काठमाडौंमा २ ८४९,ललितपुरमा ५१८ र भक्तपुरमा ४५८ जना कोरोना संक्रमित भेटिएका छन् ।कोरोना संक्रमणबाट हालसम्म नेपालमा ३,४७५ जनाको मृत्यु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments