‘गिनिज रेकर्ड’ होल्डर अर्पण शर्माबारे अस्ट्रेलियामा चर्चा

मेमोरी पावर’मा विश्व रेकर्ड कायम गरेका नेपाली युवा अर्पण शर्माको चर्चा अस्ट्रेलियाको ‘साउदर्न क्रस युनिभर्सिटी’मा समेत भएको छ ।

युनिभर्सिटीको अनलाइन वेब पोर्टलमा प्रवीन बराल नाम गरेका एक नेपाली विद्यार्थीले शर्माबारे ब्लग लेखेका छन् । ब्लगमा उनले शर्माले राखेको विश्व रेकर्डबारे उल्लेख गर्दै हाल उनी (अर्पण शर्मा) नेपालमा सेमिनारहरू गरी ‘मेमोरी पावर’ र ध्यानसम्बन्धी ज्ञान बाँड्ने काममा व्यस्त रहेको पनि उल्लेख गरेका छन् ।

त्यस ब्लगमा प्रतिक्रिया दिँदै एक पाठकले शर्माका केही टेक्निक आफूले पनि जान्न चाहेको उल्लेख गरेकी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments