थप ८९६० कोरोना संक्रमित, २४ घन्टामा २१४ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा थप ८९६० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २०२४५ परीक्षणबाट ८९६० थपिएका हुन्। यो सँगै नेपालमा सक्रिय कोरोनाका बिरामी १ लाख ५ हजार २ सय ७ पुगेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा मुलुकभरका ८७ वटा प्रयोगशालाबाट १९४७४ पीसीआर र ७७१ एन्टिजेन परीक्षणमा थप ८९६० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै थप २१४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा २१४ जनाको मृत्यु भएको भएको हो।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४६६ पुगेको छ।

पछिल्लो २४ घण्टाको अवधिमा थप ५०५५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा ३१२५१८ जना संक्रमण मुक्त (निको) भएका छन्।

सोमबार थपिएकासँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३१ हजार १ सय ९१  पुगेको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै थप ३ हजार ५६२ संक्रमित थपिएका हुन्। 

त्यसमध्ये काठमाडौं जिल्लामा २७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ संक्रमित थपिएका हुन्। 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments