कोरोना संक्रमित नभएका यी ४ जिल्ला
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका ४ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।
कोरोना संक्रमण मुक्त ४ जिल्लाहरु
- मनाङ
- मुस्ताङ
- मुगु
- डोल्पा
आज नेपालमा १५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १०५७ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५६,४२८ पुगेको छ ।
काठमाडौं उपत्यकाकामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६९७,ललितपुरमा ११२ ,भक्तपुरमा ९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म संक्रमित हुनेको संख्या ७७,८१७ पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या २०,८९१ रहेको छ। पछिल्लो २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ। मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।
यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, ललितपुर, भक्तपुर,चितवन र सुनसरी गरि ८ वटा जिल्लामा ५ सय बढी हालको अवस्थामा उपचाररत संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताएका छन् ।