आजदेखि आन्तरिक हवाई सेवा सुरू
कोरोना भाईरसको माहामारी फैलन नदिन सरकारले चैत्र महिना देखी लकडाउन गरेको थियो। लकडाउनमा सबै कुरा थप्प नै रह्यो। लकडाउनका कारण हवाई उडान पनि बन्द भयो। लकडाउन भएको करिब ६ महिना पछी आन्तरिक हवाई सेवा आजबाट सुरू भएको छ ।

आज बिहान ७ बजे काठमाडौंबाट भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज ७ महिनापछिको पहिलो आन्तरिक उडान बन्न सफल भएको छ । सरकारले आन्तरिक व्यवसायिक उडानलाई अनुमति दिएपछि आजबाट आन्तरिक हवाई सेवा सुरु भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई १७, यति एयरलाई ११, नेपाल वायुसेवा निगमलाई ८, श्री एयरलायन्सलाई ६, तारा एयरलाई १, समिट एयरलाई ४, सीता एयरलाई २, सिम्रिक एयरलाई १ गरी सोमबार ५० वटा उडानलाई अनुमति दिएको छ ।

सौर्य एयरलायन्सको विमान मर्मतमा रहेकाले उडान अनुमति पाएको छैन ।
तारा एयरले नेपालगन्ज बेस भएर विभिन्न ४ उडान भर्नेछ ।आज उडान अनुमति पाएका विमानहरुले भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी, लुक्ला, फाप्लुलगायत स्थानहरुमा उडान भर्नेछन् ।
