काठमाडौं उपत्यकामा १६९८ जनामा कोरोना संक्रमण

आज नेपालमा २३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २४६  पुगेको छ। हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ९२,१६६  रहेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौका  १४६९ जना, ललितपुरका १३०  र भक्तपुरका ९९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा मात्र  २३२६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या  ३९,३४१  रहेको छ। थप मृतक १२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या  ७३९ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments