काठमाडौं ,भक्तपुर र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिए

गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। काठमाडौं, भक्तपुर र धनुषाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरिएको गृहमन्त्रालयले जनाएको छ। 

मन्त्री स्तरीय निर्णयबाट उनीहरुको सरुवा भएको हो। काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा काली पराजुलीलाई ल्याइएको छ। अहिले कार्यरत रहेका जनक राज दाहालको गृहमन्त्रालयमा सरुवा भएको छ।

त्यस्तै भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा प्रेमप्रसाद भट्टराईलाई ल्याइएको छ। उनी जिल्ला प्रशासन कार्यालय धनुषामा प्रजिअका रूपमा कार्यरत थिए।

भक्तपुरमा कार्यरत हुमकला पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। धनुषाबाट भट्टराईको भक्तपुर सरुवा गरिएपछि त्यहाँ बन्धु बाँस्तोलालाई पठाइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments