२७२५ पीसीआर परीक्षण, ५७० मा संक्रमण पुष्टि

आज नेपालमा ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २७२५ जनाको पीसीआर परीक्षण भएको छ भने त्यसमा ५७० जना पोजेटिभ भेटिएका छन् हालसम्म संक्रमित हुनेको संख्या १ लाख ६० हजार ४०० पुगेको छ।

पछिल्लो २४ घण्टामा मात्र ३१६८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख १८ हजार ८४३ रहेको छ।

थप मृतक १४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments