माधवकुमार नेपाल र झलनाथ खनाल समूहको दुईदिने राष्ट्रिय कार्यकर्ता भेला जारी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले डाकेको दुईदिने राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । भेलाको अध्यक्षता खनालले गर्नुभएको छ भने नेपाल विशेष अतिथि हुनुहुन्छ ।भेलामा भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्टलगायत नेताहरु पनि सहभागी हुनु भएको छ । तल्लो तहसम्मै समानान्तर कमिटी गठन प्रक्रिया सुरु गरेको उक्त समूहले भेलामा देशभरबाट हजारौं नेता–कार्यकर्ता सहभागी हुने दावा गरेको छ ।

अदालतको फैसलापछि पूर्ववत् अवस्थामा फर्किएर एकताबद्ध हुन लागेको पार्टीमा गत फागुन २८ गते बालुवाटारमा आयोजना गरिएको गुटको भेलाले थप असहजता, बेमेल र अविश्वास सिर्जना गर्नुका साथै विभाजनतर्फ धकेलेको निष्कर्ष निकाल्दै खनाल–नेपाल समूहले त्यसको वस्तुस्थिति कार्यकर्तामाझ पुर्‍याउन भेला आयोजना गरेको हो ।

जनताको बहुदलीय जनवादको मूल्य र मान्यता रक्षा गर्दै पार्टीलाई एकाधिकारवाद, गुटवाद र विभाजनबाट बचाउँदै लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रूपमा विकास एकताबद्ध हुनुपर्ने भएकाले भेला आयोजना गरिएको जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments