एक लाख मत गनिसक्दा बालेन लाई १७ हजार मतान्तरको अग्रता

 काठमाडौँ महानगरपालिकामा एक लाख मत गणना सकिएको छ। अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् ।

एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन् । शाहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) को मत १९ हजार ९१० रहेको छ भने स्थापित १९ हजार ८५० मतले पछ्याइरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments