प्रधानमन्त्री देउवा भीम रावलमाथि खनिए

 प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गर्दै गर्दै आएका नेकपा एमालेका सांसद भीम रावलप्रति आक्रोश पोखेका छन् ।

किस्पाङ गाउँपालिकाको भवन उद्घाटन गर्न नुवाकोट पुगेका प्रधानमन्त्री देउवाले एमसीसी नेपालको हितमा रहेको बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको भन्दै देउवाले भने, ‘मैले एमसीसी पास गर्दा भीमबहादुर रावललाई किन टाउको दुख्ने ?’

सरकारमा हुँदा एमसिसी चाहिन्छ भनेर संसद्बाट पास गर्न लाग्नेहरु अहिले सत्ताबाट बाहिर हुँदा विरोध गरेको भन्दै उनले दोहोरो चरित्र नदेखाउन आग्रह गरे ।

एमसिसी नेपालको विकासका लागि निःशुल्क प्राप्त भएको अनुदान भएकाले यसले राष्ट्रको अहित नगर्ने उनले बताए  ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments