अदालतमा विचाराधीन संसद विघटनको मुद्दाबारे केही टिप्पणी नगरौँ- सभापति देउवा

काठमाडौं, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संसद विघटन असंबैधानिक भएको तर अदालतमा विचाराधीन रहेकाले यसमा केहि टिप्पणी नगर्ने बताएका छन्।  

संसद विघटनविरुद्धको प्रदर्शनलाई भक्तपुरमा सम्वोधन गर्दै देउवाले काँग्रेस न्यायालयको निर्णयलाई मान्ने पार्टी भएकाले यस विषयमा तत्काल केहि नबोल्ने र अदालतको निर्णयलाई स्वीकार गर्ने बताएका हुन्। 

संसद विघटन असंवैधानिक र अप्रजातानन्त्रिक कदम हो, यसका विरुद्ध हामी देशभर प्रदर्शन गर्छौँ, देउवाले भने, तर यो विषय अदालतमा विचाराधीन भएकाले धम्क्याएर, तर्साएर यो निर्णय गर भन्ने काम कांग्रेसले गर्दैन।’

अदालतले स्ववीवेकले निर्णय दिने र उक्त निर्णय कांग्रेसलाई मान्य हुने उनको भनाई थियो। निर्वाचनको मिति समेत तय भइसकेकोले अदालतको निर्णय पश्चात पार्टीको आगामी कदमबारे केन्द्रीय समितिले निर्णय गर्ने देउवाले बताए। 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments