काठमाडौं उपत्यकाकामा थप ७२४ जनामा कोरोना भाइरसको संक्रमण

आज नेपालमा  १२०७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १,१४७ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५३,०१३   पुगेको छ ।

काठमाडौं उपत्यकाकामा थप  ७२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ५८३,ललितपुरमा ७८ ,भक्तपुरमा ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २०,६९८ पुगेको छ।

हालसम्म संक्रमित हुनेको संख्या  ७१, ८२१  पुगेको छ।पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या ४६७  पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या १८,३४१ रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments