रवि लामिछाने भारी मतान्तरले विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन–२ को उपनिर्वाचनमा भारी मतान्तरले विजयी भएका छन् । चितवन- २ मा १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा ७८ हजार २७७ मत खसेको थियो । 

मंगलबार सम्पन्न भएको मतगणनामा लामिछाने ४३ हजार २५ मत अन्तरले विजयी भएका हुन् । अन्तिम मत परिणाम अनुसार रवि लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत प्राप्त गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments