काठमाडौं उपत्यकाकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण

आज नेपालमा १५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८८५ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५३,८९८  पुगेको छ ।

काठमाडौं उपत्यकाकामा थप  ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा  ६३३,ललितपुरमा १०४ ,भक्तपुरमा ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका ३ र ललितपुरका २ जनाको मृत्यु भएको छ । काठमाडौं ६१ र ६२ वर्षका पुरुष तथा ५० वर्षीया महिलाको मृत्यु भएको हो भने ललितपुरका ४२ रु ७७ वर्षका पुरुषको ज्यान गएको छ ।

हालसम्म संक्रमित हुनेको संख्या  ७३,३९४ पुगेको छ।पछिल्लो २४ घण्टामा थप १०  जनाको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या ४७७  पुगेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या  
१९ ,०१९रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments