न्यायाधीशहरुलाई कहिल्यै नभेटेको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्चका न्यायाधीशलाई नभेटेको दाबी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली पक्षको प्रदेश १ स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले अहिलेसम्म सर्वोच्चका कुनै पनि न्यायाधीशलाई नभेटेको दाबी गरेका हुन ।

उनले न्यायाधीशहरुलाई चिन्दा पनि नचिनेको बाताउँदै सर्वोच्च अदालतमाथि आक्रमण भएको आरोप समेत लगाए ।प्रधानमन्त्री ओलीले आफूले अहिलेसम्म संसद विघटनको मुद्दामा रहेका कुनै पनि न्यायाधीशहरुलाई नभेटेको बताएका हुन ।

प्रधानमन्त्री ओलीले भने,’ती नाम गरेका न्यायाधीशहरुलाई कहिले पनि भेटेको छैन। यसपटक मात्र होइन कहिले पनि।’आफूले संसदविघटनको मुद्दा हेरिरहेका अधिकांश न्यायाधीशहरुलाई चिन्दा पनि नचिनेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले आफूले प्रतिनिधिसभा विघटन गर्दा संविधानको धारा उल्लेख नगरिएको भन्दै विवाद झिक्न खोजिएको समेत आरोप लगाए ।उनले संविधानअनुसार नै प्रतिनिधसभा विघटन गरेको बताउदै आफ्नो अधिकार प्रयोग गरेको बताए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफूले हँसाएर नेपाली जनतामा आएको मुस्कानमा अरुलाई खपिनसक्नु पीर परेको तर्क गरे ।नेकपाकै अर्को समूहका नेता दाहाल–नेपाल पक्षलाई इंगित गर्दै ओलीले उनीहरुलाई ‘रुवाउने’को संज्ञा दिए।

ओलीले भने, ‘दुनियाँलाई रुवाएर आएकाहरुलाई हँसाएकोमा पीर पर्‍या छ। जोक्करै रहेछ भन्याछ। कसैको घोडा खोसेर रुवाएको छ। कसैको गाडी खोसेर रुवाएको छ। कसैको घर र पैसा खोसेर रुवाएको छ।’

उनले थपे, ‘नेपाली जनता हासेकोमा किन पीर पर्‍यो ? त्यसो भए के म मान्छे मार्दै टुहुरा, विधवा बनाउँदै हिँडू ।’देश बर्बाद पार्न नपाएको उनीहरु चिन्तामात्र भएको आरोप लगाए । जनताको मुहारमा खुसी ल्याउन खोज्दा उनीहरुलाई सहिनसक्नु भएको टिप्पणी गरे।

ओलीले भने, ‘उहाँहरुले देश बर्बाद पार्न खोज्नुभएको थियो। हामीले दिएनौँ । सहिनसक्नु भएको छ होला ।’ओलीले आफू देशको अनुहारमा मुस्कान ल्याउन खोजिरहेको बताए । उनले भने, ‘म हाम्रा बालबालिका, किशोर, युवा, बाआमा, मजदूर – किसानहरुको अनुहारमा मुस्कान ल्याउन चाहन्छु।’

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments