आज ३०५१ जनामा कोरोना संक्रमण, उपत्यकामा १३९८ जना

आज नेपालमा  ३०५१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या   १ लाख ८५ हजार ९७४ पुगेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा  १३९८  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौका १०९१ जना, ललितपुरका १६० र भक्तपुरका   १४७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा मात्र   ३४०३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख ४८ हजार ४०८ रहेको छ।

थप मृतक ५२  जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या १०३४ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments