आज थप १०८१ जनामा कोरोना संक्रमण,उपत्यकामा थप ४६४

आज नेपालमा १०८१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ  ।

काठमाडौं उपत्यकामा थप  ४६४  जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३९४, ललितपुरमा  ३४, भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा कुल संक्रमितको संख्या ७ हजार ६११ पुगेको छ । ललितपुरमा १ हजार ११ र भक्तपुरमा ८१८ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments