साझाको लामो दुरीका गाडी भोलिबाट सुचारु

दशैंमा घरजाने यात्रुहरुको सहजताका लागि साझा यातायातका लामो दुरीका गाडी भोलिबाट चल्ने भएका छन्। सामाजिक दुरी कायम गरेर बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चल्ने भएका छन्।

गाडीको भाडा नेपाल सरकारले तोकेअनुसार ५० प्रतिशत अधिक हुनेछ। भोलि साझ ७ बजे बाग्लुङको र सवा ७ बजे सुनौलीको गाडी नयाँ बसपार्कबाट छुट्ने जानकारी गराइएको छ । दुवै गन्तब्यमा जाने र आउने गरी २–२ वटा गाडी संचालन हुनेछ। साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई–सेवाबाट यात्रुले टिकट काट्न सक्नेछन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments