थप ७४४८ जनामा कोरोना संक्रमण,उपत्यकामा ३६६६

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

१६ हजार ५५८ जनाको पीसीआर र ५१८ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ । योसहित ज्यान गुमाउनेको संख्या ३३ सय ६२ पुगेको छ । यो अहिलेसम्मकै धेरै संख्या हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments