काठमाडौं उपत्यकामा २१२९ जनामा कोरोना संक्रमण

आज नेपालमा ३५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ।  हालसम्म निको हुनेको संख्या ७८,७८० पुगेको छ।

काठमाडौं उपत्यकामा थप २१२९  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १७४६ , ललितपुरमा २१६ ,भक्तपुरमा १६७जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा मात्र १५०३ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या  ३५,९१५  रहेको छ। थप मृतक  १८जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट  मृत्यु हुनेको संख्या ६६३ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments