बलात्कारीलाई मृत्युदण्ड र लिङ्गछेदन जस्ता कडा सजाय

संघिय संसदका महिला सांसदहरुले देशमा बलात्कारका घटनाहरु बढिरहेको भन्दै बलात्कारीलाई कडा भन्दा कडा सजायँको ब्यबस्था गर्नुपर्ने बताएका छन्। महिला सांसदहरु भेला भइ बलात्कारीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न कानुन बनाउन निर्णय गरेका हुन्।

उनीहरुले संविधानमै संशोधन गरी १६ वर्षभन्दा मूनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको व्यवस्था गर्न माग गरेका छन्। बलात्कारीको लिङ्ग छेदन गर्नुपर्ने माग उनीहरुको गरेका छन् ।

महिला सांसदहरुको भेलाले बलात्कारविरुद्धको कानुनी प्रावधानमा कडाइ पार्नका लागि नेकपा सांसद बिन्दा पण्डेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन समेत गरेको छ। समितिमा सांसदहरू शान्ता चौधरी, पुष्पा भुसाल, निरुदेवी पाल, अमृता थापा, पार्वती थापा रावल, प्रमिलाकुमारी यादव र लक्ष्मी परियार रहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments