काठमाडौं उपत्यकामा ८९४ जनामा कोरोना संक्रमण

आज नेपालमा १७४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या  १ लाख ५९ हजार ८३० पुगेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा  ८९४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौका ६७३ जना, ललितपुरका १४६  र भक्तपुरका  ७६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा मात्र ४००५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख १५ हजार ६ सय ७५ रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments