डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दे स्वास्थ्यमन्त्रीलाई ज्ञापन पत्र

डा. गोविन्द केसीको जीवनरक्षाको विभिन्न माग राखेर स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ज्ञापन पत्र बुझाइएको छ। ‘हामी नेपाली, हाम्रो नेपाल’ नामक संस्थाले बुझाएको ज्ञापनपत्र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अनुपस्थितिमा राज्यमन्त्री नवराज रावतले बुझेका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम आइसोलेसनमा रहेकाले राज्यमन्त्रीले ज्ञापन पत्र बुझेका थिए ।

ज्ञापन पत्रमा डा. केसीले उठाएका माग सम्वोधन गर्न आग्रह समेत गरिएको छ । उक्त संस्थाका संयोजक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार ज्ञापनपत्र बुझ्दै राज्यमन्त्री रावतले डा. केसीका मागप्रति सरकार सकारात्मक रहेको र चाँडै सम्बोधन हुने आवश्वासन दिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments