आज २२२५ जनामा कोरोना संक्रमण,उपत्यकामा १११०

आज नेपालमा २२२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ। हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या  १ लाख ८ हजार ३३४  रहेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १११० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौका ८३२ जना, ललितपुरका १७६ र भक्तपुरका  १०२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा मात्र २८४६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप मृतक १३  जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments