आज एकैदिन ५००८ जनामा कोरोना संक्रमण

आज नेपालमा एकैदिन ५००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।

हालसम्म संक्रमित हुनेको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ। हालसम्म निको हुनेको संख्या ७४,२५२ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर हाल सक्रिय संक्रमितको संख्या ३०,८१८  रहेको छ। मृत्यु हुनेको संख्या ६१४ पुगेको छ। 

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments