आज ३५१७ जनामा कोरोना संक्रमण, उपत्यकामा १८८८ जना

आज नेपालमा ३५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १८८८  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौका १५०८ जना, ललितपुरका २४९ र भक्तपुरका १३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या १९ हजार ७५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र ४०९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८  रहेको छ।

थप मृतक १६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments