मछिन्द्रनाथ रठ जात्रामा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना भाइरसको संक्रमण

मछिन्द्रनाथ रठ जात्रामा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी समेत रहेका छन् ।

त्यहाँ भिड नियन्त्रण गर्न खटिएका महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित  १८  जनामा संक्रमण पुष्टि भएको प्रहरी स्रोतले बताएको छ ।  सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसन बस्नुपर्ने नियम बनाएको भएतापनि ती प्रहरीलाई स्वाब दिएपछि पनि भिड नियन्त्रणमा खटाएको पाइएको छ ।

यस्तै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments