सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बस्न पाईने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक यातायातमा यात्रा गर्दा एक सिटमा एक जना मात्र बस्न अनुरोध गरेको छ ।  यात्रा गर्दा झ्याल खुला राख्न, बसमा चढ्दा ओर्लदा स्यानिटाइजर प्रयोग गर्न र कार्यालयभित्र जाँदा अनिवार्यरुपमा साबुन पानीले हात धुनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

सार्वजनिक यातायात प्रयोग गर्दा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नभएका कारणले काठमाडौँ उपत्यकामा सङ्क्रमण बढ्दै गएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् । स्वास्थ्य मापदण्ड अपनाइ यात्रा गरी आफू र आफ्नो परिवार तथा समाजलाई सङ्क्रमणबाट जोगाउन उनले सबैमा अपिल समेत गरेका छन् । कोरोना सङ्क्रमण बढ्दै गएपछी स्वास्थ्य मापदण्ड पुरा गर्न स्वास्थ्य मन्त्रालयले सचेत गराएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments