विश्वमा सर्वाधिक वायु प्रदूषण भएका शहरहरुमा काठमाडौं पहिलो
जाडो मौसम बढेसँगै काठमाडौं शहरले नयाँ पहिचान पाएको छ । मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको हो । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ ।
एक्यूआईका अनुसार विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको परेको हो । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा बंगलादेशको ढाका, सातौंमा भारतको मुम्बई पनि परेको छ ।प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरिरहेका छन् ।
वातावरणविद् भूषण तुलाधरका अनुसार मौसम धुम्मिएका कारण पनि प्रदूषणको मात्रा बढ्न गएको हो । जाडोका कारण तातोका लागि आगो बाल्नेलगायतका गतिविधि पनि बढेसँगै वायु प्रदूषण पनि बढेको विज्ञहरु बताउँछन् ।
विश्वमा सर्वाधिक वायु प्रदूषण भएका शहरहरुको सुची (World’s most air polluted cities)
7. मुम्बई, इंडिया (Mumbai, India)

6. ढाका, बंगलादेश (Dhaka, Bangladesh)

5. हनोइ, भियतनाम (Hanoi, Vietnam)

4. वुहान, चीन (Wuhan, China)

3. कराँची, पाकिस्तान (Karachi, Pakistan)

2. बिस्केक, किर्गिस्तान (Bishkek, Kyrgyzstan)

1. काठमाडौं, नेपाल (Kathmandu, Nepal)
