केही मानिसले कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्न खोजे:प्रधानमन्त्रीले
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रचण्ड–नेपाल पक्षमाथि गम्भीर आरोप लगाउनु भएको छ ।अब शान्तिपूर्ण युगमा प्रवेश गरेको जानकारी दिनु भएको छ ।
नेकपा (विप्लब समूह) सँग तीन बुँदे सहमति घोषणा कार्यक्रममा बोल्दै उहाँले नेकपाकै अर्को पक्षमाथि संगीन आरोपहरु लगाउनु भएको छ ।उहाँले नेकपाको बहुमत हुँदा हुँदै अहिले प्रचण्ड प्रधानमन्त्री बन्देउ भनेर अरु दलका नेता चर्हादै हिडेको आरोप लगाउनु भएको छ ।
उहाँले आफ्नो पक्षले प्रधानमन्त्रीको प्रस्ताव कसैलाई नराखेको बताउँदै अब पनि नराख्ने प्रष्ट पार्नुभयो ।प्रधानमन्त्री ओलीले आफूले लोकतन्त्रको सही अभ्यासका लागि प्रतिनिधिसभा विघटन गरेको भएपनि सर्वोच्चले पुनःस्थापना गर्दा नयाँ तमासा शुरुभएको जनाउनु भएको छ ।
प्रचण्ड–नेपाल पक्षको कार्यशैली देखेर आफुलाई अचम्म लागेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले आफ्नो दलको प्रधानमन्त्रीलाई किस्तीमा राखेर अरु दललाई दिन खोजिरहेको बताउनुभयो ।प्रचण्ड–नेपालतर्फ संकेत गर्दै उहाँले केही मानिसले कम्युनिष्ट आन्दोलन बदनाम गर्न खोजेको आरोप लगाउनुभयो ।
आफूहरुले त्यसो हुन नदिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । आफू नेतृत्वको वर्तमान सरकार सफल सरकार भएको पनि उहाँले दावी रहेको छ ।साहसिक कामको शुरुवातमा सहभागी हुनुभएकोभन्दै महासचिव चन्दलाई प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गर्नुहुँदै मुलधार राजनीतिका लागि शुभकामना व्यक्त गर्नुभयो ।
वार्ता टोलीमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सबै नेतालाई प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गर्नुभयो ।प्रत्यक्ष, परोक्ष, प्रकट अप्रकट ढङ्गले योगदान दिने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । यस खुशीको दिन, सफलताको दिन, देशले जितेको दिनलाई सार्थक बनाउने सबै पक्षलाई धन्यवाद व्यक्त गर्नुभयो ।